मेयर साम्पाङको गुनासो : सिंहदरबारमा सेटिङ गरेर जानुपर्छ, लोकतन्त्र छैन

काठमाण्डु – धरान उपमहानगरपालिकाका नगर प्रमुख (मेयर) हर्क साम्पाङले लोकतन्त्रको अनुभव नभएको बताएका छन् । आईतबार साँझ काठमाण्डु आएका मेयर साम्पाङले सञ्चारकर्मीसँग कुरा गर्दै लोकतन्त्रमा जनता सार्वभौम हुनुपर्ने भन्दै त्यसको अनुभव नभएको गुनासो गरे । उनले भने, ‘लोकतन्त्रको अनुभव भएको छैन । भोलि सिंहदरबार जानुपर्ने त्यहाँ जान पनि सेटिङ गरेर जानुपर्ने खालको स्थिति छ ।…