काठमाडौं - कोरोना भाइरसको संक्रमणबाट बच्नका लागि प्रदेश १ मा दैनिक ज्याला मजदुरी गर्नेहरूलाई एनआइसी एशिया बैंकले पाँच लाख बराबरको खाद्यान्न सामग्री वितरण गरेको छ । कोरोना भाइरसको संक्रमणबाट बच्नका लागि सरकारले लकडाउन घोषणा गरिरहेका बेला देशभित्र विकास निर्माणका कामदेखि लिएर कलकारखानाहरु समेत बन्द रहेको अवस्थामा दैनिक ज्याला मजदुरी गर्नेहरुलाई केही राहत दिन एन आई…