जयरामघाटमा खोटाङ छिर्ने यात्रुको ज्वरो परीक्षण

काठमाडौं – हलेसी तुवाचुङ नगरपालिकाले नगरपालिका प्रवेश गर्ने प्रमुख नाका बाहुनीडाँडाको जयरामघाटमा हेल्थ डेस्क स्थापना गरेको छ । कोरोना भाइरस (कोभिड–१९) संक्रमण भए/नभएको जाँचका लागि नगरपालिकाले हेल्थ डेस्क स्थापना गरेको हो । शनिबार स्थापना गरिएको हेल्थ डेस्कको वडाध्यक्ष रुद्र कुमार राई, सामाजिक विकास शाखा संयोजक किशोर कुमार बस्नेत लगायतले उद्घाटन गरेका छन् । हेल्थ डेस्कमा…