कोरोना कोषमा १ करोड सहयोग गर्ने उद्योगपति वसन्त चौधरीको घोषणा

काठमाडौं – उद्योगपति वसन्त चौधरीले कोरोनाविरुद्ध लड्न सरकारले घोषणा गरेको कोरोना कोषमा १ करोड सहयोग गर्ने घोषणा गरेका छन् । चौधरीले सरकारले स्थापना गरेको कोषमा नर्भिक तथा वसन्त चौधरी फाउन्डेसनको तर्फबाट १ करोड सहयोग गर्ने बताएका हुन् । सोमबार एक ट्विट गर्दै भनेका छन्, ‘कोरोना भाइरसको संक्रमण नियन्त्रणका लागि घोषणा गरिएको कोरोना कोषमा नर्भिकरवसन्त चौधरी…