काठमाडौं – त्रिभुवन विश्वविद्यालयको जैविक प्रविधि विभागले आफूसँग कोरोना भाइरसको परीक्षण गर्नसक्ने प्रयोगशाला (ल्याब), उपकरणहरु र जनशक्ति रहेको जानकारी दिएको छ । हाल टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा मात्र कोरोना भाइरसको संक्रमण भए नभएको परीक्षण भइरहेको छ । सरकार अन्य ठाउँमा परीक्षणका लागि आवश्यक तयारी गरिरहेका बेला जैविक विभागले विज्ञप्ति जारी गरेर कोरोना…