भक्तपुर – भक्तपुरका प्रजिअ हुमकला पाण्डेले कोरोना भाइरसकोे बहानामा कालोबजारी गरेको पाइए व्यापारीलाई थुनिदिने चेतावनी दिएकी छन् । भक्तपुर उद्योग वाणिज्य सङ्घले आज यहाँ व्यापारीहरुसँग गरेको अन्तरक्रिया कार्यक्रममा उनले केही दिनअघि मात्रै भक्तपुरको सूर्य्विनायकमा ग्यासको मूल्य महँगो लिएर बिक्री गर्ने एक व्यापारीलाई थुनेर कारवाही गरेको बताइन् । प्रजिअ पाण्डेले भनिन्, ‘कोरोनाको बहाना बनाएर सामान लुकाउने…