वैदेशिक रोजगारीका नाममा ७ महिनामा २८ करोड ठगी, संस्थागतभन्दा व्यक्तिगत ठगी दोब्बर

काठमाण्डु – वैदेशिक रोजगारीका नाममा गत आर्थिक बर्षको सात महिनामा झन्डै २८ करोड रुपैयाँ ठगी भएको छ । वैदेशिक रोजगार विभागले संस्थागतभन्दा व्यक्तिगत ठगी दोब्बर बढी रहेको जनाएको छ । व्यक्तिगततर्फ १९ करोड ६९ लाख र संस्थागततर्फ ८ करोड १८ लाख रुपैयाँ ठगी भएको उजुरी विभागमा परेका छन् । व्यक्तिगततर्फ २ सय २४ उजुरी परेकामा…