राजा र भारतको संरक्षणमा नेपालमा सशस्त्र द्वन्द्व सञ्चालन भयो : महासचिव पोखरेल

काठमाण्डु – नेकपा एमालेका महासचिव शंकर पोखरेलले माओवादीले तत्कालीन राजा र भारतीयको संरक्षणमा सशस्त्र द्वन्द्व सञ्चालन गरेको आरोप लगाएका छन् । बुधबार राष्ट्रिय युवा संघ नेपालको स्वयंसेवक भेलालाई काठमाण्डुमा सम्बोधन गर्दै महासचिव पोखरेलले माओवादीका नेताले आफूले जतिसुकै बलिदानपूर्ण संघर्ष गरेर गणतन्त्र ल्यायौं भने पनि उनीहरूको वास्तविकता केही समययताको घटनाक्रम र अभिव्यक्तिले पुष्टि गरेको बताए ।…