कैलाली - उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टसहितको टोलीले शनिबार कैलालीको विशेष आर्थिक क्षेत्रको स्थलगत अवलोकन गरेको छ । सुदूरपश्चिम प्रदेशका मुख्य औद्योगिकस्थलहरुको अध्ययन अवलोकनका क्रममा मन्त्री भट्टसहितको टोलीले शनिबार कैलालीको गोदावरी नगरपालिकामा रहेको हरैयाको विशेष आर्थिक क्षेत्र र लम्किचुहा नगरपालिकास्थित डुँडेझारी औद्योगिक क्षेत्रको अवलोकन गरेको हो । अवलोकनका क्रममा मन्त्री भट्टले सरकारले चाँडै हरैया…