दुल्लु – गृह मन्त्रालयको निर्देशनअनुसार छाउगोठ भत्काउने अभियानअन्तर्गत दैलेखमा दिनहुँ धमाधम छाउगोठ भत्काउन थालिएको छ । गत पुस २१ गतेदेखि थालिएको अभियानमा विभिन्न स्थानीय तहमा गरी २४१ छाउगोठ भत्काइएको हो । जिल्ला प्रहरी कार्यालयको तथ्याङ्कअनुसार गत पुस २१ देखि यही माघ ६ गतेसम्म पाँच स्थानीय तहमा छाउगोठ भत्काइएको हो । दैलेखको अछामसँग सिमाना जोडिएको आठबिस…