काठमाडाैं – चीनको वुहान शहरबाट नेपाल आएका एक नेपालीमा कोरोना भाइरसको लक्षण भेटिएपछि नेपालमा सतर्कता अपनाउन थालिएको छ । चीनमा फैलिएको यो भाइरसको प्रकोप बढेसँगै नेपालमा पनि सतर्कता र निगरानी बढाइएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयअन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ । कोरोनाको जोखिम बढेसँगै त्रिभुवन विमानस्थलमा रहेको हेल्थ डेस्कलाई सक्रिय बनाइएको र रुघाखोकीलगायत…