ताप्लेजुङ – ताप्लेजुङको प्रसिद्ध धार्मिकस्थल पाथीभरा क्षेत्रमा लागेको डढेलो चार दिनमा पनि नियन्त्रणमा आउन सकेको छैन । गत बिहीबारदेखि डढेलो लाग्न शुरु भएको आजसम्म नियन्त्रणमा आउन नसकेको पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक मनमणि काफ्लेले जानकारी दिए । फेदीको बस्तीदेखि करीब तीन किलोमिटर पूर्वको जङ्गलमा डढेलो लागेको हो । पाथीभरा मन्दिरसम्म पुग्न दुई किलोमिटर रहेको…