अष्ट्रेलियाको डढेलो रोक्न जुटे नेपाली

सिड्नी – अष्ट्रेलियामा तीन महिनादेखि लागेको डढेलो नियन्त्रण गर्न नेपाली व्यवसायीहरुले सहयोग गर्न थालेका छन् । अष्ट्रेलियाको कहालीलाग्दो वातावरणीय संकटपछि अष्ट्रेलियामा रहेका नेपाली व्यवसायीका विभिन्न संघसंस्थाले आ–आफ्नो तर्फबाट सहयोग रकम संकलन अभियान थालेका हुन् । झापाली समाज अस्ट्रेलिया, अस्ट्रेलियन एजुकेशन कन्सलट्यान्ट एलाइन्स, अर्घाखाँची समाज लगायतका संघ संस्थाले सहयोग संकलन अभियान सुरु गरको छ । एक्सपर्ट…