सुडान घोटालाका आरोपित शम्भू भारती जेलमुक्त

काठमाडौं – सुडान घोटालाका आरोपित शम्भू भारती जेलमुक्त भएका छन् । राष्ट्रसंघीय मिसनका लागि सुडानमा खटिने नेपाल प्रहरीको सामग्री खरिदमा भ्रष्टचारी ठहर भएका भारती आइतबार जेलमुक्त भएका हुन् । सदरखोर डिल्लीबजारमा रहेका भारतीले कारागार बाहिर बसेर मुद्दा लड्ने सुविधा पाएपछि जेलमुक्त भएको निमित्त जेलर सिता अधिकारीले जानकारी दिइन् । भारतीलाई सर्वोच्च अदालतले सो काण्डमा दोषी ठहर…