कोरोना अनुभव: अस्पताल होस् त एपीएफ जस्तो ! स्वास्थ्यकर्मी हुनु त …

विष्णु नेपाल कठमाण्डु – चिटचिट पसिनाले गञ्जी चिसो भयो । रिँगटा चल्न थाल्यो । मैले यतिविघ्न टाउको दुखेको जीवनमा कहिल्यै अनुभव गरेको थिइन । ज्वरोको तापक्रम १०० डिग्रीभन्दा माथि नै थियो । उठ्न कोशिस गरेँ । खुट्टा टेकिएनन् । छिप्पिँदो रातले बिहानीको प्रतीक्षा गर्दै थियो । कसलाई के भनौँ ? लाग्यो जीवन यति नै रहेछ…