काठमाण्डु – आगामी कात्तिक १७ गते रुपन्देही–३ मा हुने उपनिर्वाचनका लागि निर्वाचन आयोगले कार्यतालिका सार्वजनिक गरेको छ । आयोगबाट शुक्रबार स्वीकृत कार्यक्रमअनुसार असोज २१ गते बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म उम्मेदवारको मनोनयन दर्ताको समय तोकिएको छ । असोज २१ गते साँझ ५–७ बजेसम्म उम्मेदवारको सूची प्रकाशन गर्ने र असोज २४ गते १ बजेदेखि साँझ…