काठमाडाैं - राष्ट्रपति विद्यादेवी भण्डारीले छठपर्वको उपलक्ष्यमा शनिबार गुह्येश्वरी गइ बाग्मती नदीबीचमा स्थापित छठी माताको मन्दिरमा पूजाअर्चना गरिन्। छठपर्व मनाउन गौरीघाटदेखि गुह्येश्वरीसम्मको इलाकामा बाग्मती नदीको पानीको बहाव रोकेर निर्माण गरिएको तलाउको बीचमा स्थापित छठी माताको मन्दिरमा पुगेर राष्ट्रपति भण्डारीले पूजाअर्चना गरिन्। छठपर्वको मुख्य दिन आज (शनिबार) साँझ अस्ताउँदो सूर्यलाई पूजाआराधना गरी अर्घ दिने गरिन्छ। उक्त…