नेपालीहरुको महान चाड बडादशैं आजबाट सुरु

काठमाडौं । प्रत्येक वर्ष मनाइने नेपालीहरुको महान चाड बडादशैँ आजदेखि शुरु भएको छ । असत्यमाथि सत्य र आसुरी शक्तिमाथि दैवी शक्तिको विजयको प्रतीकका रुपमा मनाउने यो पर्व आश्विन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म १५ दिन हर्षोल्लास र धूमधामका साथ मनाइने गरिन्छ । साथै बडादशैँको पहिलो दिन आज घर घरमा वैदिक विधि पूर्वक दियो, कलश र गणेश स्थापना…