नर्सको नामदर्ता परीक्षा कात्तिक ३० गते

काठमाडौं – नेपाल नर्सिङ काउन्सिलले काउन्सिलमा नाम दर्ता प्रमाणपत्र परीक्षा आगामी कात्तिक ३० गते गर्ने निर्णय गरेको छ । परीक्षामा सहभागी हुन चाहने विद्यार्थीले यही असोज ९ देखि कात्तिक ९ गतेसम्म अनलाइन आवेदन दिइसक्नुपर्ने काउन्सिलले आज जनाएको छ । परीक्षामा स्नातक तथा प्रवीणता प्रमाणपत्र तहको नर्सिङ परीक्षा उत्तीर्ण गरेका विद्यार्थीले नामदर्ता परीक्षामा आवेदन दिन सक्नेछन्…