कर्णालीका मुख्यमन्त्री शाहीलाई लक्षित गरी बम विस्फोट

सुर्खेत - कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही सहभागी एक कार्यक्रमस्थल नजिकै नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको समूहले बम विष्फोट गराएको छ।कालिकोटको पचालझरना गाउपालिकाको गाउँसभा भइरहेको स्थान नजिकै बुधबार दिउँसो बम विस्फोट भएको हो। मुख्यमन्त्री शाही बुधबार स्थलमार्ग हुँदै कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरबाट कालिकोट गएका थिए। बुधबार पचालझरना गाउँपालिका–३ खिग्ममा कार्यक्रम भइरहेका बेला नजिकै बम विष्फोट भएको…