ऊर्जामन्त्री पुनको सफलताः प्राधिकरण ७ अर्ब २० करोड नाफामा, चुहावट घट्यो

काठमाडाैँ-‘विद्युत् चुहावट नियन्त्रण, प्रसारण तथा वितरण लाइनको निर्माण, वित्तीय सुधार लगायतमा नेपाल विद्युत प्राधिकरणको राम्रो प्रगति भएको छ।’ विद्युत प्राधिकरणको मुनाफा १४९ ले बढेर आर्थिक वर्ष २०७५-७६ मा ७ अर्ब २० करोड रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएपछि मंगलबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा  यसरी जानकारी गराइरहँदा ऊर्जा जलस्रोत तथा सिंचाइमन्त्री वर्षमान पुन उत्साहित देखिन्थे…