चाडपर्व मनाउनेसम्बन्धी मापदण्ड पारितः छ लाखको कोरोना जाँच गरिने

काठमाण्डु  - स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालले बढीभन्दा व्यक्तिको कोरोना जाँच गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन्। मन्त्रालयद्वारा आज विभिन्न सञ्चारगृहका सम्पादकहरुसँग आयोजित अन्तरक्रियामा मन्त्री ढकालले घटीमा ६ लाखसम्मको पिसिआर जाँच गरिने जानकारी दिए । यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीले दुई प्रतिशत जनसङ्ख्याको जाँच गरिने बताएका थिए। मन्त्री ढकालले भने, “आवश्यकताअनुसार परीक्षण गर्दै लगिने छ…