काठमाण्डु – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाण्डु उपत्यकामा कोरोना संक्रमण बढेको भन्दै सावधानी अपनाउन आग्रह गरेको छ । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले उपत्यका लगायत बाक्लो बस्ती भएको ठाउँमा कोभिड–१९ को संक्रमण बढ्न थालेको भन्दै चेतावनी दिएका हुन् । ‘काठमाण्डुमा संक्रमणको दर बढेको छ । बेलैमा सावधानी अपनाउनुहोला । स्वाब संकलनपछि रिपोर्ट नआएसम्म क्वारेन्टाइनमा बस्नुहोला,’…