काठमाण्डु – नेकपा एमालेका उपमहासचिव विष्णु रिमालले माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ झूटको खेती गर्न माहिर रहेका बताएका छन् । बारम्बार रङ्ग फेरेर सरकामा जाने प्रचण्डले आफू अरूसँग मिल्दा नैतिक हुने र अरू मिल्दा अनैतिक हुने भन्दै हिँडेको बताउँदै उनको छेपारे प्रवृत्ति औंल्याए । ‘कांग्रेस–एमाले मिलेर बनाएको सरकारलाई ‘षड्यन्त्र’ भन्न सक्ने साहस त उहाँकै विशेषता…