खानेपानीको हाहाकार भएपछि वारुणयन्त्र र ट्याङ्करबाट पानी बाँड्दै मधेश सरकार

काठमाण्डु- वीरगञ्जसहितका स्थानमा देखिएको खानेपानी संकट समाधानका लागि मधेश प्रदेश सरकारले पहल सुरु गरेको छ । प्रदेश विपद व्यवस्थापन कार्यकारी समितिबाट निर्णय गरी प्रदेश सरकारसँग रहेको ८ वटा वारुणयन्त्र, खानेपानी संकटवाट अति प्रभावित क्षेत्रमा (आज) बुधबार पठाइएको हो । मुख्यमन्त्री सतिश कुमार सिंहले वारुणयन्त्रहरुलाई प्रभावित क्षेत्र तर्फ पठाउन निर्देशन दिँदै खानेपानी समस्या समाधानमा पूर्ण रूपमा…