निगमले ह्याम्स अस्पतालमा कोरोना संक्रमितको उपचार खर्च धान्न सकेन, १४ जना संक्रमितलाई सोल्टीमा सारियो

काठमाण्डु – नेपाल वायुसेवा निगमले आफ्ना १४ जना कोरोना संक्रमित कर्मचारीलाई अस्पतालबाट होटेलको आइसोलेसनमा सारेको छ । ह्याम्स अस्पतालमा भर्ना भएका १४ जना संक्रमितको उपचार खर्च बढी आएको भन्दै निगमले कर्मचारीलाई सोल्टी होटलको आइसोलनमा सारेको निगम स्रोतले जानकारी दियो । अस्पतालमा एक जनाको एकैदिनको खर्च ३१ हजार रुपैयाँ बिल आएपछि उनीहरुलाई होटेलमा सारिएको हो ।…