काठमाडौं – गण्डकी प्रदेशमा कोरोना भाइरस संक्रमितको संख्या एक हजार पुगेको छ । गण्डकीमा बुधबारमात्रै १४ नयाँ संक्रमित पुष्टि भएको हो । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान र भरतपुर अस्पतालमा गरिएको परीक्षणमा लमजुङका १०, कास्कीका ३ र नवलपुरका १ जनामा कोरोना पुष्टि भएको हो । गण्डकीका संक्रमितमध्ये पछिल्लोपटक मुस्ताङका ८३ वर्षे मंगलबार घर फर्किएका छन् ।…