कोरोना लागेर मृत्यु भएको भन्दै छिमेकीले दाहसंस्कार गर्न दिएनन्‌

झापा – झापाको मेचीनगर नगरपालिका-११ मा मिर्गौला खराब भएर मृत्यु भएका एक वृद्धको शव गाउँलेका कारण सोमबार छ घण्टापछि मात्र दाहसंस्कार गरिएको छ । गाउँलेले कोरोनाका कारण मृत्यु भएको आशङ्का गर्दै उनको शव दाहसंस्कार गर्न घाट लैजानबाट रोकेका थिए । घटनाबारे तत्काल जानकारी पाउनेबित्तिकै मेचीनगर नगरपालिका प्रमुख विमल आचार्यले नगरको स्वास्थ्य शाखालाई शवको अवस्थाबारे बुझ्न…