शेखरको चेतावनी: निर्वाचनपछि महाधिवेशन गरे पार्टी खतम हुन्छ

काठमाण्डु- नेपाली कांग्रेसका वरिष्ठ नेता शेखर कोइरालाले आगामी आमनिर्वाचनपछि कांग्रेसको महाधिवेशन गरे पार्टी नै खतम हुने चेतावनी दिएका छन् । बिहीबार सुर्खेत विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै कोइरालाले भने, ‘कांग्रेसको विधान अनुसार हरेक ४ वर्षमा समयमा महाधिवेशन गर्नुपर्छ । यो या त्यो बहानामा सार्नु हुँदैन ।’ कांग्रेसभित्र १५ औं महाधिवेशन २०८४ को निर्वाचन पछि गर्ने अनौपचारिक…