काठमाण्डु – परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषद्को ५८औं उच्चस्तरीय सत्रमा भाग लिन शनिबार स्वीट्जरल्यान्डको जेनेभा प्रस्थान गरेकी छन् । नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै जेनेभा प्रस्थान गरेकी उनलाई शनिबार साँझ त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राई र मन्त्रालयका उच्च अधिकारीहरूले बिदाइ गरे । फागुन १२ देखि १४ गतेसम्म आयोजना हुने…