अमेरिकामा १३६ यात्रु बोकेको विमान रन वेबाट चिप्लिएर नदीमा खस्यो

एजेन्सी - अमेरिकाको फ्लोरिडामा एउटा बोइङ ७३७ विमान रन वेबाट चिप्लिएर नदीमा खसेको छ । फ्लोरिडाको सेन्ट जोन्स नदिमा खसेको उक्त विमान क्युबाको ग्वान्टानामो बेबाट आइरहेको थियो । ज्याक्सनभिलका मेयर लेनी करीका अनुसार विमान कम गहिराइ भएको पानीमा खसेको र विमानका सबै यात्रु सुरक्षित भएको जानकारी दिएका छन् । ग्वान्टानामो बेको नेभल स्टेसनबाट नेभल एयर…