पेट्रोलियम पदार्थका डिपोसम्बन्धी जानकारी उपलब्ध गराउन निर्देशन

काठमाडौँ - प्रतिनिधिसभाअन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता समितिले पेट्रोलियम पदार्थका डिपो व्यवस्थापनसम्बन्धी विवरण उपलब्ध गराउन सम्बन्धित मन्त्रालयलाई निर्देशन दिएको छ । समितिको आज बिहीबार बसेको बैठकले मुलुकभर पेट्रोलियम पदार्थ र एलपी ग्यास वितरणका लागि डिपोसम्बन्धी भएका निर्णय र अन्य प्रक्रियाका विवरण समितिलाई उपलब्ध गराउन उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई निर्देशन दिएको हो…