पिसिआर परीक्षणको दायरा बढाउन सर्वोच्चको आदेश

काठमाडौं – सर्वोच्च अदालतले कोरोना भाइरसको सङ्क्रमणबाट नागरिकको जीवन रक्षा गर्न तत्कालै पीसीआर परीक्षणको दायरा बढाउन सरकारका नाममा अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीश डा मनोजकुमार शर्माको एकल इजलासले आज उक्त भाइरसको महामारीबाट बच्न पीसीआर परीक्षणको दायरा बढाउन र त्यसको अभाव हुन नदिन अन्तरिम आदेश जारी गरेको हो । आदेशमा भनिएको छ, ‘हालको परिस्थितिमा…