बाँके - कोहलपुर नगरपालिका-७ स्थित मितेरी सामुदायिक लखनबार वनमा बेवारिसे अवस्थामा रहेको भरुवा बन्दुक बिहीबार बिहान प्रहरीले बरामद गरेको छ । कोहलपुर नगरपालिका-७ बस्ने ३१ वर्षीय ठाकुर सिंह चौधरी सहित ४ जना व्यक्तिहरु उक्त वनमा बुधबार राति घर छाउने लठ्ठी काट्न गएको अवस्थामा बन्दुक पड्किएर चौधरी घाइते भएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय…