कोरोना त्रासः एम्बुलेन्स चालक र स्वास्थ्यकर्मीले पाउँदैनन् बास

भोजपुर - विश्व नै कोरोना भाइरसबाट प्रभावित छ । मानिसहरुमा यसको क्रास बढेको छ । त्रास बढेकै कारण उनीहरुले अमानवीय व्यवहारसमेत देखाउने गरेका छन् । अहिले भोजपुरमा कोरोनाको उपचारमा खटेका चिकित्सक र एम्बुलेन्स चालकले बाससमेत पाउन छाडेका छन् । कोरोनाको आशङ्कामा बिरामीलाई बोकेर अस्पतालमा पु¥याएको थाहा पाएमा बास बस्न त के पानीसमेत खान नपाउने अवस्था…