कठमाडौं - सप्तरी जिल्लामा एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सप्तरीको डाक्नेश्वरी नगरपालिका वडा नं ३ मा १८ वर्षका युवकमा कोरोना संक्रमण पुष्टि भएको हो । सोमबार बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानको प्रयोगशाला गरिएको परीक्षणमा थप एक जनामा कोरोना संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या १२१ पुगेको हो । सोमबार…