चितवन – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भरतपुर कोरोना विशेष अस्पतालमा छापा मारेको छ । अस्पतालबाट कर्मचारीहरुले विभिन्न सामग्रीहरु चोरी गरेको सीसीटीभी फुटेज बाहिरिएपछि मंगलबार दिउँसो हेटौंडाबाट आएको अख्तियार टोलीले अस्पतालमा छापा मारेको हो । यसैबीच कोरोना अस्पतालमा चोरी भएको भिडियो फुटेज बाहिरिएपछि भरतपुर कोरोना नियन्त्रण कार्यदलले स्पष्टोक्ति दिएको छ । मंगलबार विज्ञप्ति निकालेर कार्यदलको स्टोर…