कोरोना स्वमूल्याङ्कन गराउनेमा काठमाडौँका बढी

शरद शर्मा/काठमाडौं – मोबाइल एप्लिकेशनमार्फत सबभन्दा बढी काठमाडौँ जिल्लाका मानिसले कोभिड–१९ को स्वमूल्याङ्कन गरेका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले एप्लिकेशनमार्फत सर्वसाधारण सबैलाई कोभिड–१९ को लक्षण स्वमूल्याङ्कन गर्न सक्ने व्यवस्था गरेको छ । मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले काठमाडौँपछि बारा, ललितपुर, रुपन्देही, मोरङ, भक्तपुर, सुनसरी, झापा, कास्की र चितवनका मानिसहरुले मोबाइल एपबाट स्वमूल्याङ्कन गरेका छन्…