यसपटक एसईई परीक्षा सञ्चालन नगरौंः डा. रविन्द्र पाण्डे

काठमाडौं – जनस्वास्थ्यविज्ञ डा. रविन्द्र पाण्डेले यसपटकको एसईई परीक्षा सञ्चालन नगर्न सरकारलाई सुझाव दिएका छन् । सरकारले लकडाउन खुलेपछि एसईई परीक्षा गर्ने भनेको छ । कोरोना महामारीको समयमा लाखौँ बिद्यार्थी सम्मिलित हुने परीक्षा गर्दा संक्रमण सर्ने ठूलो जोखिम हुने डा. पाण्डे बताउँछन् । ‘परीक्षा केन्द्रमा जाँदा, केन्द्रमा जम्मा हुँदा, परीक्षा हलमा ३ घण्टा रहंदा, बाहिर…