आन्तरिक उडान खुलाउने तयारी

काठमाडौं - सरकारले जारी लकडाउनको ढाँचा परिवर्तन गर्ने गृहकार्य गरिरहेको विभिन्न सञ्चारमाध्यमले उल्लेख गरिरहेको सन्दर्भमा लकडाउनको अवधि थपिने या नथपिने अर्थात् लकडाउनलाई कस्तो ढाँचामा लैजाने भन्नेबारे यकिन भएको छैन । तथापि राजधानी काठमाडौँको लकडाउनलाई केही खुकुलो बनाउने सरकारले सङ्केत गरिसकेको छ । लकडाउन खुकुलो भए पनि अन्तर्राष्ट्रिय उडानको प्रतिबन्ध कायमै रहने सम्बद्ध अधिकारी बताउँछन् ।…