कर्णालीबाट २६ सयले लिए पुनः श्रम स्वीकृति

काठमाडाैं - कर्णाली प्रदेश राजधानी वीरेन्द्रनगरमा श्रम तथा रोजगार कार्यालय स्थापना भएयता २ हजार ६१५ जनाले पुनः श्रम स्वीकृति लिएका छन् । विसं २०७५ माघमा श्रम तथा रोजगार कार्यालय स्थापना भएको हो । कार्यालयबाट पुनः श्रम स्वीकृति मात्र प्रदान गरिन्छ । पहिलोपटक श्रम स्वीकृति लिन भने काठमाडौं पुग्नुपर्ने बाध्यता छ । कार्यालयका सूचना अधिकारी श्यामकृष्ण…