एकीकृत समाजवादीको आकस्मिक स्थायी कमिटी बैठक भोलि बस्ने

काठमाण्डु – नेकपा एकीकृत समाजवादीको स्थायी कमिटीको आकस्मिक बैठक भोलि सोमबार काठमाण्डुमा बोलाइएको छ । पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा दिउँसो २ बजे बोलाइएको बैठकमा पछिल्लो राजनीतिक घटनाक्रम, संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको पक्षमा जनमत सिर्जना गर्ने, चैत १५ गते समाजवादी मोर्चाको आयोजनामा काठमाण्डुमा हुने बृहत् र्‍याली तथा विशाल आमसभालाई सफल बनाउन कार्ययोजना तयार गर्ने लगायत…