काठमाण्डु - नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघ (नेविसंघ)ले त्रिवि स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनका लागि घोषणापत्र सार्वजनिक गरेको छ । विद्यार्थी जीवनसँग सम्बन्धित समस्याको समाधान र नीतिगत सुधारका कार्ययोजना घोषणापत्रमा समेटिएका छन् । नेविसंघले विद्यार्थीको भावना र विचारलाई समेट्न व्यापक रूपमा सुझाव संकलन गरी प्रभावकारी कार्यसम्पादन सुनिश्चित गर्दै २८ पृष्ठको घोषणापत्रमा सार्वजनिक गरेको हो…