कोशी प्रदेश प्रमुख खापुङद्वारा ५ विधेयक प्रमाणीकरण

काठमाण्डु – कोशी प्रदेश प्रमुख परशुराम खापुङले बिहीबार ५ विधेयक प्रमाणीकरण गरेका छन् । प्रदेश प्रमुख खापुङले कोशी प्रदेश सभाबाट पारित भई नेपालको संविधानको धारा २०१ को उपधारा (१) बमोजिम सभामुखबाट प्रमाणित भएका विधेयकहरू प्रमाणीकरण गरेका हुन् । प्रदेश प्रमुखको कार्यालय कोशी प्रदेश विराटनगरका प्रवक्ता नारायण प्रसाद भट्टराईद्वारा जारी विज्ञप्तिअनुसार विधेयकहरू नेपालको संविधानको धारा २०१…