एजेन्सी - अर्जेन्टिनी क्लब फुटबलको इतिहासकै महत्वपूर्ण मध्ये एक मानिएको खेलको पूर्वसन्ध्यामा बोका जुनियर्सका खेलाडीहरु चढेको बसमा हिंसात्मक आक्रमण भएको छ । मिडिया रिपोर्टका अनुसार बोका जुनियर्स फुटबल टोली चढेको बसमा कट्टर प्रतिस्पर्धी रिभर प्लेट क्लबका समर्थकहरूले आक्रमण गरेका थिए । उक्त घटनापछि कोपा लिबरटेडरेसको फाइनल खेल सारिएको हो। उक्त खेल अगाडि भएको सो हिँसा…