ऊर्जा र जलविद्युतमा लगानी भित्र्याउन डाैडधुपमा रहेका मन्त्री पुन स्वदेश फिर्ता

काठमाडौं–ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुन   स्वदेश फिर्ता भएका छन्। सर्वियामा भएकाे  ‘यूरो एशियन इनर्जी फोरम’ मा सहभागी उनी साेमबार स्वदेश फर्केिएका हुन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा मन्त्री पुनले सम्मेलन फलदायी भएको र नेपालको ऊर्जा क्षेत्रमा भइरहेको पछिल्लो प्रयासका बारेमा अन्तर्राष्ट्रिय जगत्लाई जानकारी गराएको बताए। नेपालमा लगानीको वातावरण बनेको भन्दै उनले भ्रमणका क्रममा अन्तर्राष्ट्रिय समुदायलाई नेपालको…