सल्यान - प्रहरीले सल्यानबाट जुवातास खेलिरहेको अवस्थामा ९ जनालाई पक्राउ गरेको छ । दार्मा गाउँपालिका-२ सिलिङगी बस्ने ईन्द्र बहादुर रोक्काको घरमा जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ४० वर्षीय पुर्ण बहादुर राना लगायत ९ जनालाई नगद १ लाख १६ हजार १ सय ५ रुपैयाँ र १ बुक तास सहित शुक्रबार राति प्रहरीले पक्राउ गरेको हो…