पोखरा– गोरखाका विनित रानामगरले तयार गरेको गण्डकी प्रदेश सरकारको प्रतिक चिन्ह (लोगो) छनाेट भएको छ । प्रदेश लोगो तथा पोशाक सिफारिस समितिको बैठकले रानाले बनाएकाे लोगोलाई सर्वोत्कृष्टसहित छनाेट गरेको हो । समितिले प्रदेशको लोगो निर्माणका लागि गएको साउन २१ गते सार्वजनिक सूचना जारी गरिएअनूरुप प्राप्त लोगोमध्ये उत्कृष्ट एक छनौट गरिएको समितिका संयोजक मायानाथ अधिकारीले बताए…