काठमाण्डुका नदीलाई सफा राख्न सरकारले काम गरिरहेको छ : मन्त्री घिसिङ

काठमाण्डु – उर्जामन्त्री कुलमान घिसिङ सरकारले काठमाण्डु उपत्यकाभित्र रहेका नदी सफा गर्न आवश्यक काम गरिरहेको बताएका छन् । शनिबार थापाथलिस्थित बागमती करिडोरमा निर्माणाधीन फोहोर पानी प्रशोधन प्लान्टको निरीक्षण गर्दै मन्त्री घिसिङले बागमती, विष्णुमती, धोबीखोला, टुकुचा र गुह्येश्वरी लगायत काठमाण्डु उपत्यकाका नदीहरूलाई सफा गर्न फोहोर पानी प्रशोधन प्लान्ट बनाउने काम भइरहेको बताए । एसियाली विकास बैंक…