नेपाल भ्रमण वर्ष २०२० सचिवालय र टर्किस एयरलाइन्सबीच सम्झौता

काठमाडाैं - नेपाल भ्रमण वर्ष २०२० सचिवालयले नेपालको पर्यटनलाई अन्तर्राष्ट्रियरूपमा प्रभावकारी प्रवद्र्धनका लागि टर्किस एयरलाइन्सँग सहकार्य गर्ने भएको छ । नेपालमा युरोपलगायत मुलुकबाट बढीभन्दा बढी पर्यटक भित्र्याउने लक्ष्यसहित भ्रमण वर्ष सचिवालयले अन्तर्राष्ट्रिय हवाई ‘कनेक्सन’मा ठूलो योगदान पुर्याउँदै आएको टर्किस एयरलाइन्ससँग सम्झौता गरेको हो । उक्त सम्झौतामा नेपाल भ्रमण वर्ष सचिवालयका संयोजक सुरज वैद्य तथा एयरलाइन्सका…